• २ असोज २०८३, शुक्रबार
  • ११ः५६ बिहान

विद्यालय सयम अब ९ बजेदेखि ४ बजेसम्म

प्रकाशित मिति

२०७६ चैत्र ३ गते, सोमबार ०४:३२

काठमाडौं, देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने सरकारले तयारी गरेको छ । हाल विद्यालय समय भने १० देखि ४ बजेसम्म छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

National Life

प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार आइतबार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको नयाँ समय कार्यान्वयबारे सरोकारवालासँग छलफल गरेको थियो ।छलफलमा प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरीका अधिकारी, अभिभावकका प्रतिनिधि तथा काठमाडौं, ललितपुर, भक्तपुर तथा मध्यपुर ठिमी नगरपालिकाका प्रतिनिधिहरु सहभागि भएका थिए ।

प्रतिकृया