• २० असार २०८३, शनिबार
  • ५:३० बेलुका

एरुडाइट एकेडेमी मा.वि.को अभिभावक दिवस सम्पन्न, नगरभित्रका निजि तथा सामुदायिक विद्यालयलमा कक्षा ८ को परिक्षा शुल्क नलाग्नेः प्रमुख श्रेष्ठ

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ०६:१४

भक्तपुर, लोकनथली स्थित रहेको एरुडाइट एकेडेमी माध्यमिक विद्यालयले स्कुलका प्राज्ञिक सल्लाहकार डा. डी पी भट्टराईको सभापतित्वमा अभिभावक दिवस मनाएको छ । शनिबार स्कुलकै प्राङ्गनमा मनाएको उक्त दिवसमा कक्षा १ देखि कक्षा १२ सम्म विद्यार्थीहरुले विभिन्न साँस्कृतिक, नाटक तथा विविध गरी मनाएका थिए । साथै कक्षाको उत्कृष्ट कार्यक्रमका प्रमुख अतिथि मध्यपुर ठिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले विद्यार्थीहरुलाई पुस्कार वितारण गर्नु भएको थियो

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले स्कुलको प्रगतिबारे खुसी र सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई शुभकामना व्यक्त गर्दै बेसिक लेवलको शिक्षा स्थानीय तहले जिम्मेबारी पाएकाले नगर भित्र रहेका निजि तथा सामुदायिक विद्यालयलहरुमा कक्षा ८ को परिक्षा शुल्क नलाग्ने बताउनुको साथै नेपाल सरकारले ल्याएको १० प्रतिशत जेहेन्दार छात्रावृद्धि कार्यक्रम अन्र्तगत नगर भित्र रहेका समुदायिक तथा निजि विद्यालयमा नगरले ५ प्रतिशत र विद्यालयले ५ प्रतिशत गरी १० प्रतिशत छात्रावृद्धि विद्यार्थीलाई उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो ।

Kamana Sewa

प्रमुख श्रेष्ठले नगरलाई सफा सुग्घर राख्नका लागि यही फागुन ३ गते देखि चैत्र सम्म सरसफाई अभियान सुरु भएको बताउदै प्रत्येक शनिबार नगरभित्र हुने सरसफाई अभियानमा विद्यार्थी तथा अभिभावकलाई उपस्थित हुन अनुरोध गर्नुभयो । स्थानीय तहको शिक्षा सबैलाई आवश्यक रहेको र सोही कुरालाई मध्यनजर गर्दै उहाँले स्थानीय तहको पाठ्यक्रम कक्षा ५ मा लागु भएको बताउनुभयो र उक्त पुस्तक विद्यार्थीहरुलाई झार्को नमानी उपलब्ध गराई दिनु हुन अभिभावकहरुलाई अनुरोध गर्नु भयो । उक्त पाठ्यक्रममा आउदो शैशिक शस्त्रमा कक्षा ६ मा समेत लागु हुने उहाँले बताउनुभयो ।

Classic Tech Desktop

कार्यक्रमको अथितिमा स्कुलका पूर्व अध्यक्ष तथा समिति संयोजक टंकलाल श्रेष्ठ, स्कुलका पूर्व अध्यक्ष नर बहादुर अधिकारी , निवर्तमान कर्नेल तथा स्कुलसंग सम्बन्धीत व्यक्तिmत्व शशि सुन्दर विष्ट,पुर्व एस एस पी बलदव प्रसाद पौड्याल,महेन्द्र क्याम्पसका प्रमुख कृष्ण ढकाल, त्रिविका शिक्षाविद् विष्णु माणि काफ्ले, पाथीभरा इन्जिनियरिङ्ग कलेजका अर्जुन दाहाल, बजरङ्गबली सेभिङ्ग एण्ड क्रेडिटका सन्त कृष्ण हेक्का, स्थानीय समाजसेवीहरु हरिराम द्वारे,प्रेम खड्का, भाइराम हेक्का, कमल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

फोटो फिचर

 

प्रतिकृया