यि हुन् श्रीमतीसंगै पेस्तोल नचाउँदै टिकटक भिडियो बनाउने सई
प्रकाशित मिति
२०७६ फाल्गुन ११ गते, आईतवार ०५:४८
काठमाडौं, प्रहरी कार्यालयमै बर्दी लगाएर पेस्तोल नचाउँदै टिकटक भिडियो बनाउने एक प्रहरी नायव निरीक्षक कारबाहीमा परेका छन् । टिकटक भिडियो बनाएर सार्वजनिक गर्ने प्रहरी नायव निरीक्षक (सई) रत्नबहादुर थापालाई कारबाही गरिएको हो ।
महानगरीय प्रहरी प्रभाग सुडालमा कार्यरत सई र उनकी श्रीमतीले प्रहरी पोसाक लगाएर टिकटक भिडियो बनाएर सार्वजनिक गरेका थिए । सई थापाकी श्रीमती भने प्रहरी नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रहरीले जनाएको छ ।

उनीमाथि अनुुशासनको कारबाही हुने रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिनुभयो । सई थापालाई भक्तपुर वृत्तबाट आजै रानीपोखरी तानिएको समेत जानकारी दिनुभयो । प्रहरी कार्यालयभित्र कुनै पनि व्यक्तिगत मनोरञ्जनको गतिविधि गर्नुलाई संगठनको अनुशासन विपरीत मानिन्छ ।





प्रतिकृया