• १५ असोज २०८३, बिहीबार
  • २ः४४ दिउँसो

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार ०९:२१

१७ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज (बुधबार) आयोजना हुँदैछ। पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बिहान ११ बजे काठमाडौंको घण्टीघरस्थित पार्टी केन्द्रीय कार्यालयमा ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई शपथ गराइनेछ।

National Life

शपथ ग्रहणपछि केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ। बैठकमा मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नियुक्तिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

रास्वपाको पहिलो महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो। सभापति लामिछानेले भने महाधिवेशनकै क्रममा भरतपुरमा शपथ ग्रहण गरिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया