• १५ असोज २०८३, बिहीबार
  • २ः४४ दिउँसो

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सुरु

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार ०९:१३

१७ असार २०८३ काठमाडौं – वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सञ्चालनमा आएको छ। नेपाल सरकारको स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नम्बर ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रमअनुसार दुवै अस्पतालमा सेवा सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

National Life

मन्त्रालयका अनुसार सरकारी अस्पतालबाट सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई बिरामीको उपचार खर्च घटाउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनलाई प्राथमिकतामा राखिएको हो। सोही नीतिअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पनि सेवा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

अब यी अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयले शासकीय सुधार कार्यसूची कार्यान्वयनका क्रममा देशभरका सरकारी अस्पतालमा पनि सुलभ फार्मेसी सेवा विस्तार गर्न निर्देशन दिएको जनाएको छ। यसबाट सर्वसाधारणलाई गुणस्तरीय औषधिमा सहज पहुँच सुनिश्चित हुनुका साथै उपचार खर्च कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया