• १५ असोज २०८३, बिहीबार
  • २ः४४ दिउँसो

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार ०१:३१

१७ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै पार्टीको चुनाव चिह्न ‘घण्टी’ उपहार प्रदान गरेको छ। बुधबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी हस्तान्तरण गरेका हुन्।

National Life

रास्वपाको १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनबाट चयन भएका छन्। यस्तै, सात जना प्रदेश सभापति पदेन सदस्य रहने व्यवस्था छ भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्नेछन्।

पार्टी स्रोतका अनुसार मनोनयन गरिने केन्द्रीय सदस्यमध्ये केही स्थान काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह ‘बालेन’ निकट व्यक्तिहरूलाई पनि दिइने चर्चा छ। यद्यपि, यसबारे पार्टीले औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

रास्वपाले पार्टी स्थापना भएको चार वर्षपछि असार ७ देखि १३ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गरेको थियो, जसबाट नयाँ नेतृत्व चयन गरिएको हो।

प्रतिकृया