• १५ असोज २०८३, बिहीबार
  • २ः४४ दिउँसो

निजी अस्पताल र क्लिनिकमा स्तनपान कक्ष अनिवार्य गर्न सरकारको निर्देशन

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार १२:००

१७ असार २०८३ काठमाडौं – सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष (ब्रेस्टफिडिङ रुम) स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जारी गरेको पत्रमार्फत यस्तो निर्देशन दिएको हो।

National Life

महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेको पत्रमा स्तनपान गराइरहेका आमाहरूलाई सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा सहज रूपमा स्तनपान गराउन अनुकूल वातावरण अभाव रहेको अवस्थालाई ध्यानमा राख्दै यो व्यवस्था लागू गरिएको उल्लेख छ।

महाशाखाका अनुसार ‘स्तनपान प्रवर्द्धन, संरक्षण तथा सहयोगका लागि बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान गर्ने स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८०’ बमोजिम सबै निजी अस्पताल तथा क्लिनिकमा स्तनपान कक्ष स्थापना तथा सञ्चालन अनिवार्य गरिएको हो। महाशाखाले सबै निजी स्वास्थ्य संस्थालाई यथाशीघ्र स्तनपान कक्ष स्थापना गरी प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यससम्बन्धी पत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा मन्त्रालयको सार्वजनिक सूचना समन्वय शाखालाई समेत पठाइएको महाशाखाले जनाएको छ।

प्रतिकृया