• २० असार २०८३, शनिबार
  • ३:२० बेलुका

सय दिनमा २९ लालपुर्जा वितरण, १६ सय भूमिहीनको डिजिटल लगत तयार

प्रकाशित मिति

२०८३ असार २० गते, शनिबार १२:३२

२० असार २०८३ काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकार गठनको पहिलो सय दिनमा गरेका प्रमुख कामहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले यस अवधिमा सम्पन्न भएका ४८ वटा प्रमुख कार्यको सूची सार्वजनिक गर्दै भूमिहीनलाई लालपुर्जा वितरणदेखि डिजिटल अभिलेख व्यवस्थापनसम्मका काम सम्पन्न भएको जनाएको छ।

मन्त्रालयका अनुसार सय दिनको अवधिमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण गरिएको छ।

Kamana Sewa

त्यसैगरी, १६ सय भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन तथा प्रमाणीकरणको काम सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण सहज रूपमा हेर्न सकिने गरी डिजिटल ड्यासबोर्ड पनि कार्यान्वयनमा ल्याइएको मन्त्रालयले उल्लेख गरेको छ।

Classic Tech Desktop

मन्त्रालयले यी कामहरूलाई भूमि व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अघि बढाइएको जनाएको छ।

प्रतिकृया