• २१ असोज २०८३, बुधबार
  • ३ः०३ दिउँसो

डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो

प्रकाशित मिति

२०८३ भाद्र ५ गते, शुक्रबार ०४:०६

५ भदौ २०८३ काठमाडौं – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घ्यू पहिलोपटक दुबई निर्यात गर्न थालेको छ। दुबईमा रहेका नेपालीलाई लक्षित गर्दै डीडीसीले शुक्रबारदेखि घ्यू निर्यात सुरु गरेको हो।

National Life

डीडीसीले पहिलो चरणमा ६ सय किलो घ्यू जहाजमार्फत दुबई पठाएको छ। दुबईमा घ्यू बिक्री तथा वितरणका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको जनाएको छ।

डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार सुरुवाती चरणमा दुबईमा घ्यू परीक्षणका रूपमा बिक्री गरिनेछ। बजारको माग र अवस्थाका आधारमा आगामी दिनमा निर्यातको परिमाण बढाइनेछ। पहिलो चरणमा दुबईका बिक्रेतालाई एक–एक कार्टुन घ्यू उपलब्ध गराएर बजार परीक्षण गरिनेछ। माग बढ्दै गएमा सोहीअनुसार निर्यातको मात्रा पनि बढाउँदै लैजाने डीडीसीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया