• १८:३२ २०८० चैत्र १६ गते
  • 6:32 pm

धुर्मुस-सुन्तलीको गौतम बुद्ध स्टेडियममा रोमान्स

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार ०१:४४

Dhurmus Suntali

काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र उनकी श्रीमती कुन्जना घिमिरे ‘सुन्तली’ अहिले चितवनमा स्टेडियम बनाउने काममा व्यस्त रहेका छन् ।

चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियम बनाउन लागेको यो जोडीले आर्थिक स्रोत संकलनका लागि विभिन्न अरु कामहरु पनि गरिरहेको छ । केही दिन अघि त्यहाँ धनधान्यचाल महायज्ञ पनि लगाइएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले फिल्म सेन्टी भाइरस पनि निर्माण गरेको छ । यो फिल्मको कमाइको केही प्रतिशत यी जाडीले गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियमलाई दिने भनेका छन् ।

यी जोडीको तस्वीरमा धुर्मुसले आफ्नी श्रीमतीलाई क्रिकेट बल एउटा प्रेमीले प्रेमिकालाई गुलाब दिएको जस्तै दिएका छन् । क्रिकेट ब्याट लिएर उभिएकी सुन्तलीले यसको बदलामा मीठो मुस्कान धुर्मुसलाई दिएकी छिन् ।

१४ फ्रेबुअरी अर्थात् भ्यालेन्टाइन्स डेको दिन गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियममा फिल्म सेन्टी भाइरसको टिम र फिल्मी पत्रकारहरुबीच एउटा मैत्रिपूर्ण खेल खेलियो । त्यही खेलको बीच यी जोडीको रोमान्टिक तस्वीर अहिले समाजिक सन्जालमा सबैले सेयर गरिरहेको छ । धुर्मुस र सुन्तली दुवैले मैत्रीपूर्ण खेल खेलेका थिए ।

प्रतिकृया