• २१ भदौ २०८३, आइतबार
  • २ः०९ दिउँसो

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार ०२:१६

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित गरिएको छ। शुक्रबार २ बजे प्रतिनिधिसभा बैठकमा हुने भनिएको सम्बोधन शनिबारको लागि सारिएको छ।

National Life

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित गरिएको हो। ‘ प्रधानमन्त्री ओलीको आज २ बजे प्रतिनिधिसभामा सम्बोधन गर्न निर्धारित कार्यक्रम संघीय संसदका बहालवाला माननीय सदस्यको असामयिक निधनका कारण स्थगित भएको हो । ‘

उपाध्याय लामो समयदेखि क्यान्सर रोगबाट झुझिरहेका थिए । आफ्नै निवास लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित उपाध्यायको निधन भएको हो।

Classic Tech Desktop

कांग्रेसकाबाट राष्ट्रियसभाका सदस्य बनेका उपाध्याय वि.सं. २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। वि.सं. २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित भएका उपाध्याय दुई
पटक कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बनेका थिए ।

प्रधानमन्त्रीको सम्बोधन प्रतिनिधिसभाको बैठकमा शनिबार ११ः०० बजे बस्ने तय भएको छ ।’

प्रतिकृया