धनगढीबाट १६ जुवाडे पक्राउ , २२ लाख ८२ हजार बरामद
प्रकाशित मिति
२०७६ माघ १३ गते, सोमबार ०१:२८
धनगढी, धनगढी उपमहानगरपालिकाबाट जुवा खेलि रहेको अवस्थामा १६ जना जुवाडे पक्राउ परेका छन् । धउमनपा –३ बाट गएराती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार नगद बरामद गरिएको छ।

पक्राउ पर्नेमा कैलाली जिल्ला गोदावरी नगपलिका पालिका–१० का २८ बर्षीय रबिन्द्र शाही, धनगढी उपमहानगरपालिका–३ का ३७ बर्षीय चन्द्र मणि अधिकारी, धनगढी उपमहानगरपालिका–३ का ३८ बर्षीय तिलक अधिकारी, सोही स्थनका ३४ बर्षीय रमेश खड्का, ३५ बर्षीय खेम राज भट्ट, ४१ बर्षीय जनक दौल्याल, गोदावरी नगरपमलिका–३ का २८ बर्षीय सन्देष तामाङ्, गोदावरीकै ३८ बर्षीय मोहन खड्का रहेका छन् ।
त्यसैगरी कन्चनपुर जिल्ला भिमदात्त नगरपालिका –३ का ३४ बर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका–१ का ३४ बर्षीय भुवन कुवर रहेका छन् । त्यसैगरी बझाङ जिल्ला जयपृथ्बी नगरपालिका–१०का ३५ बर्षीय प्रेम बहादुर सिंह रहेका छन् । बैतडी जिल्ला दशरथ चन्द नगरपालिका–८ का ३१ बर्षीय को अमित गुरु, शरथ चन्द नगरपालिका–४ का ३० बर्षीय सुर्य भट्ट, पुर्चौडी नगरपालिका–८ का ५० वर्षीय कालु सिंह धामी रहेका छन् । त्यसै गरी दार्चुला जिल्ला नौगाड गाउँपालिका–४ का ३३ बर्षीय जय सिंह धामी र महाकाली नगरपालिका–४ का ३८ बर्षीय मंगल ठगुन्ना रहेको जिल्ला कैलालीले जनाएको छ ।

१६ जनालाई नियान्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।



प्रतिकृया