• २१ भदौ २०८३, आइतबार
  • ८ः१७ बिहान

सभामुख सापकोटाले सपथ लिए लगत्तै पदभार सम्हाल्न पुगे कार्यालय

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार ०१:४६

कठमाडौं, प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाएलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले आफ्नो पदभार सम्हालेका हुन् ।

National Life

सभामुख सापकोटाले एमसीसीबारे सोधिएको प्रश्नमा भने,‘अहिले यसबारेमा बहस भइरहेको छ, यसमा हतार गर्नु पर्दैन् । एउटा बहस छेडिएको छ । यसलाई केही हतार गर्नु पर्दैन ।’ उनले आफूले विषयवस्तु्बारे गहन अध्ययन गर्ने र अनिमात्रै प्रतिक्रिया दिने विश्वास दिलाए ।

सापकोटाले आफूविरूद्ध व्यक्ति हत्याबारे सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केही नबोल्ने टिप्पणी गरे । सापकोटाले पत्रकारहरूसँग कुराकानी गर्दै आफूविरूद्धको मुद्दाबारे अहिले केही नबोल्ने बताएका हुन्। सभामुख सापकोटाले भने,‘मुद्दा सर्वोच्चमा छ अहिले केही नबोलौं ।’

Classic Tech Desktop

प्रतिकृया