• २० भदौ २०८३, शनिबार
  • २ः३८ राती

कोरोना भाइरसको प्रकोप नेपालमा भयावह नरहे पनि सचेत छौ: पर्यटनमन्त्री भट्टराई

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार १२:३३

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा कोरोना भाइरसको भयावह अवस्था नहरेको बताउनुभएको छ । भाइरसकै कारण नेपाल आउने पर्यटकले असुरक्षित नरहेको उल्लेख गर्दै उहाँले यसमा सरकार सचेत रहेको बताउनुभयो ।

National Life

मन्त्रालयले सोमबार पर्यटन र हर्वाइ उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल कार्यक्रममा नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश सरकारी तवरबाटै आउनुपर्ने माग निजी क्षेत्रका प्रतिनिधिले गरेका थिए । जवाफमा मन्त्री भट्टराईले नेपाल प्रकोपमा रहेको सन्देश नजाने तर पूर्ण तयारीमा रहेको सन्देश भने प्रवाह गर्न आग्रह गर्नुभयो ।

उहाँले विमानस्थल र सीमा नाकामा हुने चेकजाँचमा अत्याधुनिक उपकरण थप्न विमानस्थल तथा अन्य सरोकारवालालाई निर्देशन समेत दिनुभएको छ ।

Classic Tech Desktop

अध्यागमन र विमानस्थलका विभिन्न निकायमा खटिने कर्मचारीलाई सुरक्षित रहने उपाय अपनाउन पनि आग्रह गर्नुभयो । यसका साथै उहाँले चीनबाट आउने जहाजलाई अन्य यात्रुसँग सम्पर्क नहुने गरी व्यवस्थापन गर्न उहाँले विमानस्थललाई निर्देशन समेत दिनुभयो ।

प्रतिकृया