• ४ साउन २०८३, सोमबार
  • १:१४ बिहान

मुख्यमन्त्री गुरुङ्गलाई २५ बुँदे ध्यानार्कषण पत्र बुझाउँदै प्रदेशलाई नेपालकै पहिलो बाल मैत्री प्रदेश बनाउन माग

प्रकाशित मिति

२०७६ माघ १ गते, बुधबार ११:३४

नवलपरासी, नवलपरासी सुस्तापूर्व (नवलपुर) जिल्ला देवचुली नगरपालिकाका किशोरीहरुले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई २५ बुँदे ध्यानार्कषण पत्र बुझाउँदै प्रदेशलाई नेपालकै पहिलो बाल मैत्री प्रदेश बनाउन माग गरेका छन् ।

मंगलबार मुख्य मन्त्री कार्यालयमा मुख्यमन्त्री गुरुङ्गलाई किशोरीहरु लेभौतिक संरचना निर्माणसँगसँगै किशोरी तथा बालिकाहरूको क्षमता अभिबृद्धि गर्नकालागिलगानी बृद्धि गरिदिन अनुरोध गर्नुभएको छ ।

Kamana Sewa

त्यसै गरी प्रदेशको बालबालिका सम्बन्धी ऐन, महिला र बालबालिकाको सवाल हेर्ने संसदीय समिति तथा बालिका उप–समितिको पनि माग गरेका छन् । उनीहरुले प्रत्येक विद्यालयमा बालिका मैत्री शौचालयको साथै स्थानिय तहमा बाल हेल्पलाइन, बालबालिका हेर्ने छुट्टै डेक्स, बालमैत्री स्थानीयशासन, बालबालिका तथा किशोर किशोरी स्रोतकेन्द्र, बालिका विमा कार्यक्रम तथा बालिका मैत्री अनुसन्धान र न्यायिक प्रणाली लगायतको व्यवस्था गरि दिन ध्यानाकर्षण गराउनुभएको छ ।

Classic Tech Desktop

किशोरीहरुको ज्ञापन पत्र ग्रहण गर्दै मुख्यमन्त्रीगुरुङ्गले गण्डकी प्रदेशलाई बाल मैत्री तथा किशोरी मैत्री बनाउनका लागि काम गरिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले बोलेर होइन काम गरेर जवाफ दिने पनि किशोरीहरुलाई आश्वासन दिनुभयो । त्यसै गरी सामाजिकविकास मन्त्री नरदेविपुन मगरलाई भेटेर उनीहरुले बालिकाहरुका लागि नीतिगत रुपमा सक्षम बनाउन र आवश्यक बजेट समेत विनियोजन गरिदिन आग्रह गर्नुभयो ।

उद्योग, वन, पर्यटन तथावातावरण मन्त्री विकास लम्साललाई भेटेर पर्यटनका साथ साथै बढ्न सक्ने बालबालिकाहरुको बेचबिखन, यौन दुव्र्यवहार, मनोरञ्जनका क्षेत्रमा बालबालिकाहरुको प्रयोग, लागु पदार्थ दुव्र्यसनी, अपराध जस्ता कुराहरुमा सजग रहँदै किशोरी सुरक्षाका लागि समेत पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

जागृतिबाल तथ युवा सरोकार नेपालको व्यवस्थापनमा देवचुली नगरपालिकाबाट पोखरा आएका ४५ जना किशोरीहरुले यस अगाडि नै प्रदेश सभाका उप सभामुख श्रृजना शर्मालाई भेटेर आफुहरुले स्थानिय स्तरमाबालिका सुरक्षाकालागिगरिरहेको पहलबारे जानकारी गराउँदै त्यसलाई संस्थागत गर्नका लागि कडा कानुन पारित गरिदिन भूमिका खेल्न अनुरोध गर्नुभएको थियो ।

क्यानालानको सहयोगमा देवचुली नगरपालिकामा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रम मार्फत किशोरी समूहहरुले बालिका मैत्री शौचालय निर्माण अभियान, किशोरीहरुलाई आत्मरक्षा तालिम, बालिकाहरुलाई घरेलु महिनावारी प्याड बनाउने तालिम, क्षमता विकास तथा जीवन उपयोगी सीपतालिम, बालिका सम्मेलनआदि सञ्चालन गर्दै आएका छन् ।

उनीहरुले प्रदेश सरकारका अधिकारीहरुलाई समेत किशोरी सुरक्षा, बालविवाह, परिचान, आत्महत्या, लागु औषधदुव्र्यसनी, किशोरी मैत्री भौतिकनिर्माण, बालबालिका नीति, भेदभाव, यौन जन्य हिंसा आदिका विषयमा पनि कुरा उठाएका थिए । पोखरा बसाईंका क्रममा उनीहरुले पोखराको संस्था चिल्ड्रेन नेपालको भ्रमण गरी पोखरा काबालबालिकाहरुसँग पनि अन्तरक्रिया गरेका थिए ।

 

प्रतिकृया