• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

सार्वजनिक बसमा अश्लील हर्कत गर्ने युवक एक वर्षपछि प्रहरीको फन्दामा

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार १२:२४

काठमाडौं , एक वर्षअघि सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट सार्कीलाई नियन्त्रणमा लिएको थियो।

सार्कीको च्याटहरु अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडिओ अपलोड गरेको देखिएको महाशाखाले जनाएको छ । काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडिओ बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको छ । उक्त भिडिओ अश्लील साइटमा राखेर पैसा आउने सोचले सार्कीले यस्तो हर्कत गरेको महाशाखाले उल्लेख गरेको छ ।

Kamana Sewa

सार्कीले उक्त भिडिओ साउनमा बनाएको र मंसिरमा अपलोड गरेका थिए। उक्त भिडिओ भाइरल भएपछि सार्की भारत भागेको प्रहरीले जनाएको छ । सार्की फेरि नेपाल आएको सूचना प्राप्त भएसँगै चितवनबाट उनलाई पक्राउ गरिएको हो।

Classic Tech Desktop

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

प्रतिकृया