• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

कानुनको नजरमा कसैलाई काखा कसैलाई पाखा हुदैन: सांसद बस्नेत

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार १२:०२

हेटौंडा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कानुनको नजरमा कसैलाई काखा कसैलाई पाखा नहुने बताउनु भएको छ ।

नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालय सिहंदरबार काठमाडौँ र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाद्वारा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमवार आयोजित बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा संशोधनको लागि द्वन्द्व पीडित लगायत सरोकारवालासँग परामर्श कार्यक्रममा बोल्दै सांसद बस्नेतले कुनैपनि राजनीतिक पहुँच, शक्ति, स्रोत, साधनको आधारमा द्वन्द्व पिडितले पाउने न्याय नमर्ने र कानुनको नजरमा कसैलाई काखा कसैलाई पाखा नहुने उल्लेख गर्नुभएको हो ।

Kamana Sewa

कार्यक्रममा उहाँले लोकतन्त्रको सवैभन्दा शक्तिशाली जनता भएको बताउनु भएको छ । कुनै पनि जनता, विज्ञ तथा सरोकारवालाको आवाज तथा मुलुकको लागि आवश्यकतालाई सरकारले छुटाएछ भने पनि संसदमा प्रकृयाको माध्यमबाट प्रवेश गराउने जिम्मा संघिय सांसदले गर्ने बताउनुभएको छ ।

Classic Tech Desktop

प्रतिकृया