• ४ साउन २०८३, सोमबार
  • १:१० बिहान

प्रदेश ३ नाम बागमती, राजधानी हेटौंडा

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ०८:१७

काठमाडौँ – प्रदेश ३ को नाम बाग्मती तोकिएको छ भने स्थायी राजधानी हेटौंडा कायम गरिएको छ। प्रदेशसभाको आइतबार हेटौंडामा सम्पन्न बैठकले सर्वसम्मत रूपमा बाग्मती नामकरण गरेको हो।

स्थायी राजधानीका लागि भने मत बाँडियो। हेटौंडालाई राजधानी बनाउने पक्षमा दुई तिहाइभन्दा बढी मत प९यो। मतदानमा सहभागी एक सय आठ सांसदमध्ये हेटौंडाको पक्षमा एक सय पाँच मत परेको सभामुख सानुकुमार श्रेष्ठले बताए। ‘प्रदेशको राजधानी मकवानपुरको हेटौंडाको पक्षमा अर्थात् हुन्छ भन्नेमा एक सय पाँच मत र विपक्ष अर्थात् हुन्न भन्नेमा तीन मत परे।’ तत्कालीन विवेकशील साझाका तीन सांसद रमेश पौड्याल, शोभा शाक्य र विराजभक्त श्रेष्ठबाहेक बाँकी सबै सांसदले हेटौंडाको पक्षमा मत जाहेर गरे। हेटौंडाको पक्षमा प्रदेशसभामा रहेका सदस्य संख्याको दुई तिहाइ बहुमत पुगेकाले मकवानपुर जिल्लाको हेटौंडा स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव पारित भएको सभामुख श्रेष्ठले घोषणा गरेका थिए। प्रदेशसभामा एक सय १० सांसद रहेकोमा सभामुख श्रेष्ठ मतदानमा सहभागी भएनन् भने स्वतन्त्र सांसद प्रेम तामाङ संसद्मै उपस्थित भएनन्।

Kamana Sewa

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडा कायम गरियोस् भनी संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रस्ताव पेस गरेका थिए। प्रस्तावलाई नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रीता माझी र राप्रपा संयुक्तकी सांसद रीना गुरुङले समर्थन गरेका थिए। सो उपधारामा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतले निर्णय गर्ने उल्लेख छ। एक सय १० जना सांसद रहेको प्रदेशसभामा नेकपाका दुईतिहाइ बढी अर्थात् ८० सांसद छन्। त्यस्तै, नेपाली कांग्रेसका २२, विवेकशील साझा ९विवेकशील नेपालीका दुई, साझा विवेकशीलका एक० का तीन, नेमकिपाका दुई, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्रका एक–एक सांसद छन्।
नागरिक दैनिकबाट साभार ।

Classic Tech Desktop

प्रतिकृया