• ४ साउन २०८३, सोमबार
  • ७:०७ बेलुका

हाम्लाई हेप्नी गगन थापा

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ०८:०४

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकमा संचारमन्त्री गोकुल बास्कोटाले अध्ययननै नगरि बालेको भन्दै दिएको अभिब्यक्तिको खण्डन गरेका छन् ।बिहीबार राजधानीको माइतिघरमा आयोजिक कार्यक्रममा बोल्दै कांग्रेस नेता थापाले शब्द–शब्दमा सरकारका प्रवक्ता बाँस्कोटाले बोलेको निच बोलिको खण्डन गरेका हुन् ।बास्कोटासँग छलफल गर्न आफु तयार रहेको भन्दै थापाले छलफलका लागि कहाँ आउने भनेर प्रश्न समेत गरे ।

उनले भने, ‘विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी सिंहदरबारमा गर्ने, संसदमा कि माइतीघरमा गर्ने ‘यो विधेयकको धारा(धारामा, दफा दफामा छलफल गर्न तयार छु।’थापाले थपे, ‘माननीय मन्त्रीजीले भन्नुभएछ यो विधेयक नपढी आयो। प्रत्येक दफा, शब्दशब्दमा छलफल गर्ने हो तयार छु। नपढी आयो भनेर हेप्नी हामीलाईर सदन सुरू भएपछि यो विधेयकलाई रोक्ने भन्दै उनले विदार्थी, विपक्षीदल, पत्रकार र सम्पूर्ण नागरिकहरुलाई आग्रह समेत गरे ।

Kamana Sewa

प्रतिकृया