• ५ साउन २०८३, मंगलबार
  • ८:५१ बिहान

खुर्पा प्रहारबाट दुई प्रहरीसहित चार जना घाइते

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ०७:२९

भक्तपुर– भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चार जना घाइते भएका छन् ।शनिबार दिउँसो जाजरकोटको नलगाढ नगरपालिका– १ बस्ने २० वर्षीय राम बहादुर वि।क।ले खुर्पा प्रहार गरी ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा, भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ४५ वर्षीया राजमती ज्याकिबन्जार तथा महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हवल्दार जितेन्द्र प्रसाद यादव र प्रहरी जवान टोल बहादुर श्रेष्ठ घाइते भएका हुन् ।

पाइपलाईनमा दुई महिलालाई खुर्पा प्रहार गरी घाइते बनाइएको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटि गई भाग्दै गरेको अवस्थामा वि।क। लाई दोकोचामा प्रहरीले नियन्त्रणमा लिने क्रममा बा २ झ १८५ नम्बरको प्रहरीको सिआरभी गाडीमा समेत क्षती पुगी दुई प्रहरीसमेत घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।

Kamana Sewa

प्रतिकृया