• 6:27 pm

राजदूत डा. सिंह र साउदी गभर्नरबीच भेटवार्ता

प्रकाशित मिति

२०७६ पुष २७ गते, आईतवार ०१:४९

एजेन्सी, साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्र प्रसाद सिंहले साउदी अरेबियाको अल जोउफ रिजनका गभर्नर प्रिन्स फैसल विन नावाफ अब्दुल्लाजिजसँग भेटवार्ता गर्नुभएको छ । राजदूत प्रा.डा. सिंहले शुक्रबार गभर्नर अब्दुल्लाजिजसँग भेट गर्नुभएको हो ।

भेटवार्तामा नेपाल र साउदी अरेबियाबीच लामो समयदेखि कायम द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको अरेबिया मिडियाले जनाएका छन् ।

दुवै मुलुुकको सामुहिक स्वार्थका विषय, नेपालमा साउदी अरेबियाको लगानी तथा साउदी अरबमा रहेका नेपाली कामदार तथा समुदायको हितका बारेमा पनि छलफल भएको थियो ।

प्रतिकृया