• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

रारामा नेपाल टेलिकमको फोरजी सेवा सुरु

प्रकाशित मिति

२०७६ मंसिर २० गते, शुक्रबार ०१:३२

मुगु, कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको छ । नेपाल टेलिकमका बरिष्ठ ईन्जिनियर प्रेमबहादुर क्षेत्रीका अनुसार बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नेपाल टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो । रारासँगै अब जुम्ला, मुगु र कालिकोटमा पनि फोरजी संचालन गर्ने तयारी थालिएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको छ ।

Kamana Sewa

प्रतिकृया