• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

नेपाल भ्रमण बर्ष–२०२० को ५ औँ बैठक बस्दै

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार १२:५८

काठमाडौँ, नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिको ५ औँ बैठक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुरु भएको छ । पर्यटन मन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा जारी बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटन बोर्ड सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको छ ।

बैठकमा सुरक्षा ब्यबस्था ,कार्यक्रम निर्माण तथा ब्यबस्थापन, सचिवालयले गरेका काम सम्बन्धमा छलफल भैरहेको छ । साथै बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा नियुक्त भएका पदाधिकारीलाई स्वागत गरिने छ । बैठकको अन्त्यमा पर्यटनमन्त्री भट्टराईले मातहतका सबै निकायलाई निर्देशन दिने कार्यसूची रहेको छ ।

Kamana Sewa

प्रतिकृया