• २ असोज २०८३, शुक्रबार
  • १ः११ राती

श्री पद्म कलेज तथा स्कुलको वार्षिकोत्सव बिभिन्न कार्यक्रमका साथ सम्पन्न

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार १०:१३

भक्तपुर, श्री पद्म मा.वि. दरवार क्षेत्र भक्तपुरले आङ्खनोे ९६औं जन्मोेत्सव तथा पद्म कलेजको दशौँ वार्षिकोत्सव समारोेह बिविध कार्यक्रमका साथ मनाएको छ । बार्षिकोत्सवको समापनका अवसरमा कलेज प्राङ्गनमा बिभिन्न प्रतियोगिताको पदक/पुरस्कार वितरण,विविध छात्रवृत्ति वितरण,पुरस्कारहरु वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

National Life

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै शिक्षाबिद् प्रा.डा.शुरेसराज शर्माले जीवनमा शिक्षाको महत्वबारे चर्चा गर्नुभयो ।उहाँले बिजेतालाई पुरस्कार, पदक, छात्रवृत्ति बितरण गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद रजनी जोशी ,जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख खेमनाथ पोखरेल,भलिबलका अन्तरराष्ट्रिय रेफ्री गौतम लासिवा, भलिबल खेलाडी बिनोद चरण राय, ब्यबस्थापन समिति अध्यक्ष बाबुराजा जोशी लगायतले नमुना पद्म स्कुल तथा कलेजको सफलताको कामना गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

एक समारोहकाबीच गत मंसिर २ गते भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बार्षिकोत्सवको अवसरमा आयोजित बिज्ञान तथा सिभिल ईन्जिनियरीङ्ग प्रदर्शनी तथा सातौं १२ कक्षा स्तरीय भक्तपुर जिल्ला व्यापी पद्म कप भलिवल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

बिज्ञान तथा सिभिल ईन्जिनियरीङ्ग प्रदर्शनीमा बिद्यार्थीहरुले ५० किसिमका प्रस्तुति समेटेका थिए,जसमा ईलेक्ट्रिक ल्याब,कारपेन्ट्री ल्याब,सिभिल सर्भिस ल्याब,भोलमिटर,साईन्स ईन्नोभेसन समेटिएका थिए ।
३ दिन सम्म स्कुल समयमा संचालन भएको प्रदर्शनीमा स्कुलका ६ देखि १२ कक्षासम्मका २ सय बिद्यार्थी प्रत्यक्ष रुपमा सहभागी भएको स्कुल तथा कलेजका प्राचार्य राम हाडाले बताउनुभयो ।बिज्ञान बिषय प्रयोगात्मक भएकाले बिद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित प्रदर्शनीमा बिभिन्न प्रतियोगीतामा उत्कृष्ट बिद्यार्थीको समेत प्रतिभा प्रदर्शन गरिएको थियो ।

यसैगरी भक्तपुर जिल्ला व्यापी पद्म कप भलिवल प्रतियोगीतामा ,स्प्रीङ्गडेल स्कुल प्रथम, आदर्श जनप्रेमी दोस्रो र आयोजक श्रीपद्म माबि तेस्रो भएका छन् ।प्रतियोगीतामा ८ स्कुल सहभागी थिए ।जसमा आयोजक श्रीपद्म माबि,ख्वप,स्प्रीङ्गडेल,आदर्श माबि सानोठिमी,आदर्श जनप्रेमी, एजे स्कुल र सैनीक स्कुलका टिम सहभागी थिए ।

समारोहमा स्कुल तथा कलेजका पूर्व विद्यालय व्यबस्थापन समिति/कलेजका अध्यक्ष/सदस्यहरु, पूर्व शिक्षक/कर्मचारी, भूतपूर्व विद्यार्थीहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरु, राजनीतिक दलका प्रमुख, अभिभावक, पत्रकार तथा शुभचिन्तक महानुभावहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकारले नमुना बिद्यालयको रुपमा छनौट गरेको यस बिद्यालयमा ईसीडी कक्षादेखि स्नातकोत्तर सम्म १३ सय ५० बिद्यार्थी रहेको प्राचार्य हाडाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

पद्ममा एक सय जना शिक्षक तथा कर्मचारी कार्यरत छन् भने बिगत ७ बर्षदेखि प्राविधिक धारतर्फ कक्षा ९ देखि १२सम्म सिभिल ईन्जिनियरीङ्ग बिषयको अध्ययन अध्यापन भैरहेको छ ।शैक्षिक सत्र २०७५ को बार्षिक परीक्षा एसईईमा देशभरीका प्राविधिक बिद्यालय मध्य पद्मका छात्र बिबेक श्रेष्ठले ३.९६ जीपीए ल्याएर सर्बोत्कृष्ट हुन सफल भएका थिए ।

प्रतिकृया