• २ असोज २०८३, शुक्रबार
  • ७ः२० बेलुका

कांग्रेस र राप्रपा (संयुक्त)बीच उपनिर्वाचनका लागि चुनावी एकताको घोषणा

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार १०:३४

भक्तपुर, मंसिर १४ गते भक्तपुर क्षेत्र नम्बर १ क प्रदेशमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सघाउने भएको छ । कांग्रेस र राप्रपा भक्तपुरले आइतबार एक कार्यक्रम गरी उपनिर्वाचनमा चुनावी एकता गर्ने घोषणा गरेका हुन् । उप निर्वाचनका लागि भक्तपुरमा राप्रपा संयुक्तले काँग्रेसलाई सघाउने भएपछि अन्य पार्टीमा हल्ली चल्ली मच्चेको छ ।

National Life

भक्तपुरका कांग्रेसको तर्फबाट कृष्णलाल भडेल चुनावी मैदानमा छन्। राप्रपा संयुक्त भने उम्मेदवारविहीन रहेको छ। उसले पार्टीको भक्तपुर अध्यक्ष रामशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको थियो तर लामिछाने अघिल्लो प्रदेश निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा रहेकाले उनको उम्मेदवारी रद्द गरिएको थियो। दुई पार्टीले केन्द्रीय तहमा हुने सहमतिलाई प्रदेशसँगै संघीय र स्थानीय तहको निर्वाचनमा आत्मसात गर्ने गरी चुनावी एकता भएको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा राप्रपा (संयुक्त) का केन्द्रीय सदस्यत्रय दिनेश श्रेष्ठ, रवीन्द्रप्रताप शाह र रामेश्वर थापाले कांग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई जिताउने एकसूत्रीय बुँदामा सहमति भएको सुनाए। उनीहरुले कांग्रेस, नेकपा र नेमकिपालाई मंसिर १४ गतेको निर्वाचनमा नजिते पनि केही फरक नपर्ने तर राप्रपा (संयुक्त) को लागि निर्वाचन जित्नु जीवनमरणको सवाल रहेको जिकिर गरे।

‘कांग्रेस, नेकपा र नेमकिपालाई मंसिर चुनावको निर्वाचन हार्दैमा केही फरक पर्दैन’, उनीहरुले एकै स्वरमा भने, ‘तर राप्रपा ९संयुक्त० लाई असर पर्छ। यो चुनाव हाम्रो लागि जीवनमरणको प्रश्न हो। त्यसैले हाम्रो साझा उम्मेदवारले चुनाव जित्नु अत्यन्त जरुरी छ।’

नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पनि दुई पार्टीका शीर्ष नेताहरुबीच हुने सहमतिलाई अक्षरसः पालना गर्ने गरी चुनावी तालमेल गरिएको जानकारी दिए।सत्तारुढ नेकपाको दुईतिहाइको दम्भ, अधिनायकवादविरुद्ध जनतालाई एकजुट हुन सघाउ पुग्ने गरी चुनावी तालमेल गरिएको उनको भनाइ थियो।

कार्यक्रममा मातृशोकमा परेका नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेलसमेत उपस्थित भएका थिए। उनले आफू मातृशोकमा परेर जनताबीच जान नसकेको अवस्थालाई ख्याल गरेर राप्रपा (संयुक्त) ले साथ दिएको धन्यवाद ज्ञापन गरे।

कांग्रेस र राप्रपा संयुक्तका नेताहरुले कम्युनिष्ट तानाशाहीविरुद्ध कमल थापा नेतृत्वको राप्रपालाई समेत कांग्रेसका उम्मेदवार बनेका कृष्णलाल भडेललाई समर्थन गर्न आह्वान गरेका छन्।

कार्यकर्ता रिझाउन सहमति गोप्य

दुई दलले गरेको सहमति भने गोप्य राखिएको छ। निर्वाचनको परिणाम आएपछि उक्त सहमति सार्वजनिक गरिने राप्रपाका एक केन्द्रीय नेता जानकारी दिएका छन्। अहिल्यै सहमति सार्वजनिक गरिँदा नेता तथा कार्यकर्ताहरुमा हानथाप हुनसक्ने र उनीहरुबाट ‘बार्गेनिङ’ हुन सक्ने भएकाले अहिले गोप्य राखिएको उनको भनाइ थियो। उनले कसैले नहार्ने तथा कोही तल नपर्ने गरी दुवै पार्टीले जित्ने गरी ‘विनविन’ सहमति गरिएको स्पष्ट पारे।

 

 

प्रतिकृया