• १७:१० २०८० चैत्र १६ गते
  • 5:10 pm

नेपालमा कपास उद्योगको अवस्था एकदमै धरापमा रहेको छ : अध्यक्ष माधव कुँवर

प्रकाशित मिति

२०७६ कार्तिक ७ गते, बिहीबार ०९:२३

उद्योगमैत्री वातावरण नहुँदा नेपालका कपास उद्योग व्यवसायहरु धरापमा रहेका छन् । ४० प्रतिशत उद्योगहरु बन्द भैसकेका छन् भने ६० प्रतिशत उद्योगहरु संचालनमा भए पनि नाजुक अवस्थामा रहेका छन् तर यसमा सरकारले कुनै चासो दिएको छैन । यही विषयमा आधारीत रही देशमा कपास उद्योगको अबस्था,संभावना र चुनौतिबारे नेपाल कपास ब्यवसायी संघका उपत्यका शाखा अध्यक्ष माधव कुँवरसंग मातृभुमि न्युज डटकमका बन्दना खड्काले लिनु भएको अन्र्तवार्ता :

हाल देशमा कपास उद्योगको अवस्था कस्तो छ ?

कपास उद्योगको अवस्था एकदमै धरापमा रहेको अवस्था छ । किनकी ४० प्रतिशत उद्योगहरु बन्दा भइसकेका छन् । ६० प्रतिशत उद्योगहरु संचालनमा रहेका छन् र बाँकी भएका उद्योगको पनि सरकारले सम्र्बधन र संरक्षण गरेको छैन । उद्योगहरु बन्द हुनुका मुल कारण ट्रयाक्टरबाट घरघरमा कपडा पेल्दै हिड्नु हो जसले गर्दा देशभरका कपास व्यवासयहरु ठप्प भएका छन् । गा्रहकहरुमा अझै पनि चेतना भएको छैन कि हामीले कपास प्रति केजी रु. २० मा पेल्छौ भने ट्रायक्टबालाहरुले ६५ देखि ७० रुपियाँ प्रति केजी पेल्ने गरेका छन् । यो ठगी हो किनकी सेवा सुविधाको रुपमा ३० रुपियाँ सम्म लिएमा सेवाको रुपमा लिएको बुझिन्थ्यो । ग्राहकहरु गुणस्तरमा ठगिनुका साथै वातारणमा पनि यसले एकदमै असर परेको छ ।

उद्योग संचालनमा विभिन्न कर र कानुनी झन्झट छ भनिन्छ नि ?

कानुनी रुपमा उद्योग संचालन गर्दा, कानुनी मापदण्ड पुरा गर्दा अलिअलि झन्झटिलो त हुन्छ नै तर यसमा हाम्रो कुनै गुनासो छैन ।तर कानुनी प्रक्रियामा उद्योग संचालन गरी सके पछि धरापमा रहेका उद्योगहरुलाई सरकारले वास्ता नगर्दा विसौं हजार व्यक्तिहरु बेरोजगार रहेका छन् । कालोकपासबाट देशलाई अत्मानिर्भर बनाएको छौ । यसरी नै उद्योग व्यवसायहरु बन्दा हुदै जाँदा विदेशबाट कालो कपास ल्याउनु पर्ने हुन्छ । विदेशबाट कपास आयात गर्दा किलोको सरदर मुल्य रु २२ देखि २५ पर्ने कपास ५० भन्दा माथि पर्छ। त्यसैले यस विषयमा सरकारले ध्यान पुर्याउनु पर्ने हो । यस विषयमा अर्थ मन्त्रलयबाट देश भरका अन्तरिक राजस्व कार्यलयहरुमा ट्रयाक्टर घुम्ती नियन्त्रणका लागि परिपत्र गराइ सकेको छ । त्यसै गरी ४–५ जिल्लाका जिल्ला प्रहरी प्रमुखलाई पनि परिपत्र गराइ सकेको छ ।तर यसको कार्यान्वयन कडाईका साथ गर्नुपनै अबस्था छ ।

फोहारबाट मोहर बनाउने कपास उद्योगलाई सरकारले उद्योग मैत्री वातावरण नवनाई दिएकोका कारण धरापमा परेका हुन् ?

कपास उद्योगलाई सरकारले उद्योग मैत्री वातावरण नवनाई दिएकोले नै उद्योगहरु धरापमा परेका हुन । कानुन र मापदण्डहरु के हुदै छ, कसैले लागु गरेको छ कि छैन नियमित अनुगमान भएको छैन । कानुन विपरित काम गर्नेलाई कारबही हुनु पथ्र्यो तर त्यो पनि भएको छैन् । हामी आफैले कानुन विपरित कार्य गर्ने माथि प्रशासनमा निबेदन दिदा पनि खासै उपलब्धि भएको छैन । अब उपत्यकामा मात्र संगठन नभई देश भरी नै संगठन बनाउने सोचमा छौ ।जस मार्फत हामी उद्योग मैत्री वातावरण निर्माणका लागि चौतर्फी पहल गछौं ।

उपत्यकामा कति कपास उद्योग छन् र त्यसमा रोजगारीको अवस्था के छ ?

उपत्यकाबाट हाम्रो संघमा ४५ द्खि ५० जना ब्यबसायी आबद्ध हुनुहुन्छ । देशभरीमा अनुमानित एक हजार देखि बाह्र सय फ्याक्ट्री रहेका छन् । बाहिरबाट कृषिको नाममा ट्याक्टर ल्याई त्यसमा सानो कपडा पेल्ने मेसिन जडान गरी भारतीय नागरिकहरु यसमा ९० प्रतिशत कार्यरत छन् भने १० प्रतिशत नेपाली रहेका छन् ।यसरी नेपालीहरु भन्दा बढी भारतीय नागरिक नेपालको यो क्षेत्रमा अबाद्ध रहेका छन् ।

तपाईको उद्योगमा कस्तो खालको कपास उत्पादन हुन्छ ?

ठुलो हेभि मेसिनबाट कपास उत्पादन गर्छौ ,जुन पुर्णरुपमा कपास बन्छ । कपडा अनुसारको कपासको रंग हुन्छ । घुम्ती ट्याक्टरबाट निकाल्ने कपास भन्दा हाम्रो कपास कयौं गुणा राम्रो हुन्छ ।

उद्योगबाट विदेश पठाउने कपास कस्तो खालको रहेको हुन्छ ?

मैले अहिले सम्म कपास विदेश पठाउने गरेको सुनेको छैन । हामीले भारतमा मात्र कालो कपास पठाउने गरेका छौ ।

उद्योगबाट भारतमा कालो कपास मात्र किन पठाउने गरिन्छ ? के सेतो कपास नेपालमा उत्पादन गर्न सकिदैन र ?

सेतो कपास प्राय भारतबाट नै ल्याउने गरिन्छ र नेपालबाट कालो कपास मात्र भारत पठाउने गरिन्छ । नेपालमा कतै कतै सेतो कपास उत्पादन गरिन्छ तर न्युन मात्रमा उत्पादन गरिन्छ, त्यसैले सेतो कपास भारत लगायत चाइना, बंगलादेशबाट आयात गरिन्छ ।

घुम्ति सेवा बन्द गर्दा नागरिक त घरदैलोमा पाउने सेवा सुविधाबाट बन्चित हुने भए नि ?

बन्चित भएको जस्तो देखिन्छ तर घुम्ति सेवाबाट बन्चित हुने भए भन्दा पनि नागरिकहरु ठगी र वाताारण प्रदुषणबाट बच्न सक्छन् ।
पुरानो कपडा पेलेर सिरक डस्ना बनाउने व्यवासयलाई हेयको दृष्टिले हेरिँदा यो पेशा नै धरापमा परेको छ ,समाज तथा वातावरणमा ठुला

समस्या देखा परेको छ, यसलाई कसरी लिनु भएको छ ?

पुरानो कपडा पेलेर सिरक डस्ना बनाउने व्यवसायको पेशा धरापमा नै परेको छ किनकी ४० प्रतिशत उद्योग बन्द भएर बिसौं हजार मानिसहरु बेरोजगर भएका छन् । राज्यको नीतिनियममा बसेर निश्चित ठाउँ तोकेर अलिकति टोलबस्तीबाट टाढा रहेर उद्योग संचालन गरेका छौ । यसरी वातावारणमा प्रदुषण हुन दिएका छैनौ । उद्योगबाट केही फोहोरहरु निस्किए पनि उद्योग भित्रै व्यवस्थापन गर्ने गरेका छौ । घुम्तिबाट वातावारण प्रदुषण भएको छ । वास्तविक कपास व्यवसायीद्धारा वातारणमा कुनै प्रदुषण भएको छैन ।

सरकारसँग तपाइहरुका मुख्य माग के–के रहेका छन् ?

सरकारसंग हाम्रो मुख्य माग कपडा पेल्ने घुम्ति ट्याक्टर बन्द गर्नु पर्यो भन्ने नै हो । बन्द नगरे तिनिहरुलाई नीतिनियममा ल्याइ आवश्यक कारबाही गर्नु पर्यो । खुलेआम घुम्तिबाट कपडा पेलेर न उनीहरुले गुण्स्तरको कपास नै उत्पादन गरेका छन् न त राज्यलाई कुनै कर तिरेका छन् ।

प्रतिकृया