• ३ साउन २०८३, आइतबार
  • ३:४७ बेलुका

स्वास्थ्य मन्त्रालयका उपसचिवको कार्यकक्षमा रहेको कम्प्यूटरको दुरुपयोग

प्रकाशित मिति

२०७६ कार्तिक ७ गते, बिहीबार ०९:१८

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथितीको चाङले भरिएको छ । मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटरको दुरुपयोग भएको पाईएको छ ।

मन्त्रालयका उपसचिव खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटर कार्यालय समयमा उनका छोराले गेम खेलेर बसेको देखिएको छ । मन्त्रालयका उपसचिव खतिवडाले भने, ‘घर एक्लै हुने भएपछि छोरालाई यहाँ ल्याएको हुँ । आगामी दिनमा यस्तो हुन दिन्नँ ।’ कार्यालय समयमा कम्प्यूटरको दुरुपयोग हुँदा पनि स्वास्थ्य मन्त्रालय मौन छ । राजधानी दैनिकबाट साभार

Kamana Sewa

प्रतिकृया