• २१ भदौ २०८३, आइतबार
  • १२ः०३ दिउँसो

त्रिकोणात्मक टी २० सिरिजमा आज नेपाल सिंगापुर बिच प्रतिस्पर्धा हुने

प्रकाशित मिति

२०७६ आश्विन ११ गते, शनिबार ०९:५८

त्रिकोणात्मक टी(२० क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा शनिबार नेपाल र घरेलु टोली सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धी सिंगापुरलाई हराउने अपेक्षा गरिएको छ । सिंगापुरको इन्डियन एसोसिएशन मैदानमा हुने यो खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेदेखि सुरू हुनेछ ।

National Life

पछिल्लो खेलमा टी(२० विश्वकप एसिया छनोटमा नेपाललाई ८२ रनले हराएर सिंगापुरले ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको थियो । त्यही प्रतियोगिताको तयारीका लागि उसले यो त्रिकोणात्मक शृंखला आयोजना गरेको हो ।

प्रतिकृया