• २१ भदौ २०८३, आइतबार
  • १०ः५१ बिहान

आज नेपाल क्रिकेट संघको निर्वाचन हुदै

प्रकाशित मिति

२०७६ आश्विन ११ गते, शनिबार ०९:५१

काठमाडौं, नेपाल क्रिकेट संघ क्यान निर्वाचन शनिबार हुँदैछ। नयाँ नेतृत्वका लागि क्यान पूर्वअध्यक्षहरु विनयराज पाण्डे र चतुरबहादुर चन्द मैदानमा उत्रिएका छन्। त्यसका लागि अब केहीबेरमा मनोनयन प्रक्रिया सुरु हुँदैछ। ओलम्पिक कमिटीमा जस्तै क्यान निर्वाचनमा पनि सरकारले यस पटक विनयराज पाण्डेलाई साथ दिएको छ। खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेकपाको आधिकारिक उम्मेदवारका रुपमा पाण्डे रहने छन्।

National Life

स्मरणीय के छ भने ओलम्पिक निर्वाचनमा पनि सरकारले आफ्नो आधिकारिक उम्मेदवारका रुपमा पुष्पलाल श्रेष्ठका छोरा उमेशलाल श्रेष्ठलाई आधिकारिक सरकारी उम्मेदवार बनाएको थियो। तर लामो समय आफ्नो पकडमा ओलम्पिक कमिटीलाई राख्न सफल जीवनलाल श्रेष्ठले बाजी मारेका थिए। यो पटक भने विगतमा क्यानको नेतृत्वमा ४० वर्ष रहिसकेका अनुभवी विनयराज पाण्डेलाई सरकारले च्यापेको छ। त्यसोत कुशल सम्बन्ध ब्यवस्थापनमा माहिर मानिने चतुरबहादुर चन्द पनि आफ्नो संगठित भोटका कारण जित निकाल्नेमा आशावादी रहेका छन्। चन्द पनि पछिल्लो १७ वर्षदेखि क्रिकेट संघमा सक्रिय छन्।

प्रतिकृया