• २० भदौ २०८३, शनिबार
  • २ः२४ दिउँसो

मापसे गरी बस चलाएको आरोपमा चालक विरुद्ध मुद्दा दर्ता

प्रकाशित मिति

२०७६ आश्विन ११ गते, शनिबार १०:१६

झापा, मादक पदार्थ सेवन गरी यात्रु वाहक बस चलाएको आरोपमा पक्राउ परेको चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ। चालक झापाको कनकाई नगरपालिका–४ का ३३ वर्षीय पूण्यप्रसाद सिटौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा प्रहरीको विशेष चेकिङ टोलीले उनलाई शुक्रवार बिहान पक्राउ गरेको हो। काँकडभिट्टाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ को ४८८१ नम्बरको बसभित्र सवार यात्रुहरूको ज्यान जोखिममा पारेर बस चालक सिटौलाले मापसे गरेर बस चलाइरहेको प्रहरीले फेला पारेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

National Life

चालक सिटौलालाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १८ बमोजिम सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय झापाबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जनाइएको छ ।

प्रतिकृया