• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ आश्विन ५ गते, आईतवार ०५:५२

गोरखा, मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–२ खोप्लाङका २७ वर्षिय विकास भट्ट र २५ वर्षिय भाष्कर पोखरेल रहेका छन् ।

शनिबार राती सदरमुकामको हरमटारीमा मापसे गरेको भन्दै मोटरसाइकल छाडेर जान आग्रह गर्दा अटेर गर्दै उनीहरुले प्रहरीलाई दुर्ब्यवहार थिए । प्रहरी चौकी पुगेपछि पनि भट्टले प्रहरीमाथि अनावश्यक धम्की र गालीगलौज गरेको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया