• २१ भदौ २०८३, आइतबार
  • १०ः२९ बिहान

प्रदेश सरकार आर्थिक समृद्धिका लागि प्रतिबद्ध रहेको मुख्यमन्त्री पौडेलको भनाई

प्रकाशित मिति

२०७६ आश्विन ३ गते, शुक्रबार १०:५०

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवस मुल समारोह समिति प्रदेश नं ३ द्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँले संविधानसभाबाट जारी गरिएको संविधानमा बहुभाषिक, धार्मिक, पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रको ग्यारेन्टी गरिएकाले अब जनताले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभयो ।

National Life

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेअनुुसार प्रदेशको १३ जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको बाँडफाँट गर्नाका साथै जनतालाई शान्तिसुरक्षाको प्रत्याभुति गराई आर्थिक समृद्धिका लागि बजेट कार्यान्वयन गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले जनहितका लागि प्रदेशसभाको चौथो अधिवेशनबाट ४५ विधेयक पारित गरेको तथा ३८ विधेयक प्रमाणीकरण भइसकेको स्पष्ट पार्नुभयो ।

 

Classic Tech Desktop

प्रतिकृया