• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

आजबाट कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान सुरु

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०९:५६

काठमाडौँ – नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरण मंगलबारदेखि सुरु हुँदैछ । विपी कोइरालाको १०६ औँ जन्मजयन्तीको प्रतिक स्वरुप हरेक प्रदेशसभा क्षेत्रमा सोही संख्यामा बिरुवा रोपेर अभियानको उद्घाटन गरिने कांग्रेसले जनाएको छ । कांग्रेसले मंगलबार देशभरका सबै प्रदेशसभा क्षेत्रमा गरी कुल ३४ हजार ९८० बिरुवा रोप्दै छ ।

कांग्रेसले यो चरणको अभियानलाई मुलतः प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरेको छ । कार्यक्रमका लागि कांग्रेसले ३३० प्रतिनिधि तोकेको छ । सबै प्रतिनिधि आफ्नो क्षेत्रमा पुगेको जनाइएको छ ।

Kamana Sewa

प्रतिकृया