• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

जेनेरेटर चलाएर टेलिफोन र इन्टरनेट सेवा संचालन

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०९:३४

सिमकोट– तीन दिन देखि अबरुद्ध रहेको हुम्ला जिल्लाको इन्टरनेट तथा टेलिफोन सेवा जेनेरेटर सञ्चालन गरेर सुचारु भएको छ । हिल्दुम विद्युत वितरण केन्द्रको सेवा अबरुद्ध हुँदा आवश्यक पावर नपुगेर बन्द रहेको सञ्चार सेवा जेनेरेटर संचालन गरिए पछि सुचारु भएको हो ।

पावरको कारण बन्द रहेको नेपाल टेलिकमका सबै सेवाहरु नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जको अनुमति लिएर जेनेरेटर सञ्चालन गरेर सुचारु भएको टेलिकम हुम्लाका निमित्त प्रमुख राम बहादुर बोहराले बताउनु भयो ।

Kamana Sewa

प्रतिकृया