• 8:09 pm

विनायकका विद्यार्थी आवशिय सेमिनारमा सहभागी

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०२:४२

मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरु आवसीय सेमिनारमा सहभागी भएका छन् । ललितपुरको ठेचोब्ज्रवाराहीमा रहेको फुत मन्दिरमा ताइवानिज गुरुहरु लगायतले असल आचरण, जीवनोपयोगी शिक्षा, व्यावहारिक अवस्था, सुसंस्कार सम्बन्धी प्रशिक्षण दिएका थिए ।

संस्थाका ललितपुर प्रमुख सानुकाजी मर्हजनले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञानका कुरा गर्नका सार्थ विभिन्न खेल वा कार्यक्रमद्धारा मनोरञ्जन पनि दिनुभएको थियो ।
विद्यालय परिवार वा अन्य ठाउँहरुमा अनुशासनको व्यावहारिक प्रयोग सिकाइएको थियो ।

सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले रमाइलो मानी आफ्नो सहभागिता जनाएका थिए । अनुशासनमा रही विद्यार्थीहरुले आफूले विभिनन समूहमार्फत सिकेका ज्ञान र व्यवहारलाई प्रयोग गरेका थिए । विद्यालयका करिब ६० जना विद्यार्थी एवम् ५ जना शिक्षक–शिक्षिका सहभागी थिए । विभिन्न फरक–फरक सेसनमा कार्यक्रम भएका थिए ।

 

प्रतिकृया