• २१ जेठ २०८३, बिहीबार
  • ४:५८ बेलुका

चीनमा ५.४ म्याग्नीच्युडको भूकम्पमा जाँदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०२:२८

एजेन्सी, चीनमा शक्तिशाली भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । वाईयुयान क्षेत्रमा स्थानीय समय अनुसार आइतबार बिहान ६ : ४२ बजे आएको ५.४ म्याग्नीच्युडको भूकम्पमा परी अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् ।

घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

Kamana Sewa

प्रतिकृया