• 10:51 pm

कक्षा १२ को रिटोटलिङ्गको नतिजा प्रकाशित (नतिजा सहित)

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ०५:४६

भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को रिटोटलिङ्गको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७६ सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीहरुको पुनर्योगको नतिजा प्रकाशित गरिएको हो ।

परिवर्तित ग्रेडसिट र मार्कसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात् सक्कल ग्रेडसिटरमार्कसिट सहित कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।

नतिजा चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको शुल्क (प्रति विषय रु २,०००) बुझाई परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेश गर्न सकिने छ ।

 

 

प्रतिकृया