• १ असोज २०८३, बिहीबार
  • १ः४० दिउँसो

पूरानै प्रश्नपत्र बाँडेपछि शिक्षा शास्त्र संकायको परीक्षा स्थगित

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ०५:०५

काठमाडौँ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा शुक्रबार भएको शिक्षा शास्त्र संकायअन्तर्गतको परीक्षा स्थगित भएको छ । कोड नम्बर ५१३ एड्भान्स एजुकेशनल साइकोलोजी विषयको परीक्षा बिहान ११ बजेदेखि सुरू परीक्षा आधा घण्टापछि स्थगित गरिएको हो।

National Life

बुधबार भएको कोड नम्बर ५१२ फाउण्डेशन अफ एजुकेशन विषयमा सोधिएकै प्रश्न एड्भान्स एजुकेशनल साइकोलोजी विषयमा पनि दोहोरिएपछि परीक्षा स्थगित गरिएको जनाएको छ ।

त्रिविका आंगिक र सम्बन्धन प्राप्त गरी शुक्रबार ७५ केन्द्रमा परीक्षा चलेकोमा एउटामा मात्रै स्थगित भएको हो । परीक्षा समितिको बैठक बसेपछि स्थगित भएको विषयको परीक्षा हुने मिति तोकिने जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया