• 9:54 pm

धरान बजारमा अनुगमन गर्दा अधिकांश किराना पसलका सामानहरु म्याद गुज्रिएको भेटियो

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ०४:४१

धरान । धरान उपमहानगरपालिकामा बजार अनुगमन गरिएको छ । गत १२ गतेदेखि दैनिक रुपमा भइरहेको बजार अनुगमनका क्रममा अधिकांश किराना पसलहरुमा म्याद गुज्रिएका खाद्यान्न भेटिएको बजार अनुगमन टोलीले बजार अनुगमन तिव्र गराएको छ ।

संयोजक तथा धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवका अनुसार अनुगमनका क्रममा होटलहरुमा लेबलिङ नभएका गेडागुडी तथा पेय पदार्थ र धरान उपमहानगरपालिकामा दर्ता नभइ मेडिकल सञ्चालन भएको भेटिएको छ । अधिकांश किराना पसलहरुमा कोक, फ्यान्टा, स्प्राइट तथा डिउ जस्ता पेय पदार्थहरुको म्याद गुज्रिएको भेटिएको र स्थानीय फ्याक्ट्रिबाट उत्पादन हुने दुनट, पाउरोटी, विस्कुटहरुको भने लेवलिङ नगरी बिक्रिका लागी राखिएको पाइएको छ ।

नियमित बजार अनुगमन नभएको र चाडपर्व नजिकिदा मात्रै अनुगमन गरेको गुनासो उपभोक्ताले गरिरहेको बेला अनुगमन टा्लीले अब निरन्तर बजार अनुगमन हुने बताएको छ । टोलीले एक हप्तामा ४४ वटा फर्मको अनुगमन गरिसकेको छ भने अहिले बजार अनुगमन गर्दा जहाँ जहाँ कैफियत भेटिएको छ त्यहाँ चेतावनी र सुझाव दिइएको जनाएको छ । अनुगमन टोलीले पुनः अनुगमन गर्दा सोही गल्ती भेटिएमा फर्म नै शिल गर्ने चेतावनी दिइएको छ ।

धरानमा रहेका औषधी पसलहरुको अनुगमन गर्दा अधिकांश औषधी पसलहरु धरान उपमहानरपालिकामा दर्ता नभइ सञ्चालन भइरहेको पाइएको छ भने औषधी पसलमा सम्बन्धीत औषधी पसले ९फार्मेसीको लाइसेन्स भएको व्यक्ती० नभेटिएको पाइएको छ । त्यस्तै होटलहरुमा अनुगमन गर्दा होटलहरुमा समेत खाद्यान्न तथा पेय पदार्थहरु म्याद गुज्रिएको भेटिएको छ ।

प्रतिकृया