• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

भक्तपुरबाट सालकको खपटा सहित २ जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १० गते, मंगलवार ०१:०२

भक्तपुर, भक्तपुर नगरपालिका–१० स्थित कमलबिनायक चोकबाट ३ सय ८० ग्राम सालकको खपटा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे मण्डनदेउपुर नगरपालिका–८ बस्ने २७ वर्षीय श्याम बहादुर तामाङ र १७ वर्षीय बिशाल तामाङ रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको खपटा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया