• ५ साउन २०८३, मंगलबार
  • ९:१३ बिहान

कर छल्ने, अवैध कारोवार गर्ने तथा राष्ट्रलाई ध्वस्त पार्नेहरुले सरकार विरुद्ध सड्यन्त्र र आन्दोलन गरे : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०२:०२

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले संघियताको कार्यान्वयनसँगै आम्दानी अनुसारको कर लाग्ने व्यवस्था सरकारले गरेको बताउँदै कर छल्ने, अवैध कारोवार गर्ने तथा राष्ट्रलाई ध्वस्त पार्नेहरुले वर्तमान सरकार विरुद्ध सड्यन्त्रमुलक आन्दोलन गरिरहेको बताउनुभएको छ ।

भक्तपुर जिल्लाबाट प्रकाशित हुने अनन्त साप्ताहिकको तेस्रो वार्षिकोत्वको अवसरमा आयोजित संघियता कार्यान्वयनमा सूर्यविनायक नगरपालिकाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद बस्नेतले कर कहि कतै पनि नबढेको बताउँदै गलत मनासाय बोकेका कतिपय व्यक्ति, संस्था, बिग मिडिया हाउसलगायतले मिडियामा प्रायोजित समाचारहरु सम्प्रेषण गरिरहेको बताउनुभयो ।

Kamana Sewa

उहाँले भन्नुभयो, ‘नागरिकले तिरेको कर र राज्यबाट ल्याएको बजेट विचको सन्तुलन के छ ? भन्ने कुरा बुझ् जरुरी रहेको छ । अनावश्यक हल्लाको पछि लाग्नुको कुनै अर्थ छैन । राज्यले सुविधा दिएन भन्ने बनिबनाउ धारणा अनावश्यक रहेको छ ।’ वैध सम्पत्तीलाई रक्षा गर्दै अवैध सम्पत्तीलाई सरकारले कडाई गर्दै लैजाने शुरुवात गरेको समेत बताउनुभयो । संघियता साध्य नभई साधन भएको बताउँदै उहाँले नेपालमा अझै पनि केही मानिस संघियताको विरोधी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गणतन्त्र भनेको सामन्तवादको अवशेष भएको बताउँदै जसको कारणबाट सामन्तवादलाई अन्त्य गर्दै पुँजीवाद हुँदै समाजवादमा पुग्नु हो । केही निर्वाचित जनप्रतिनिधिहरुमा केही मात्रामा सामन्तवादको अवशेष रहेकाले त्यसलाई अन्त्य गर्नुपर्छ । बाघ हेर्न मन लाग्यो भने कहिलेकाही विरोलो हेरे पनि हुन्छ । संघियताको कार्यान्वयनमा सूर्यविनायक नगरपालिका व्यापकमात्रामा अघि रहेको छ ।’

Classic Tech Desktop

सूर्यविनायकले विकास र समृद्धिमा विशेष ध्यान दिई अघि बढेको बताउँदै  सांसद बस्नेतले पैसा चाहिए संघिय सरकार, अधिकार चाहिए स्थानीय सरकार भन्ने प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।  शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तरमा व्यापक परिवर्तन जरुरी रहेको बताउँदै उहाँले शिक्षा क्षेत्रमा सार्वजनिक, नीजि तथा साझेदारी कार्यक्रमको माध्यमबाट अघि बढ्नु अपरिहार्य रहेको धारणा राख्नुभयो ।

सूर्यविनायकका जनप्रतिनिधिले गाली गर्ने कुनै पनि प्रकारको काम नगरेकोले गाली गर्नेहरु आफैलाई क्षती हुने बताउँदै उहाँले उज्यलो भक्तपुर, हरियाली भक्तपुर, सफाई अभियान, राज्यको शुन्य लागतमा अरनिको राजमार्गमा सर्भिस ट्याकलगायतका कार्यहरु तिव्र गतिका साथ अघि बढिरहेको भक्तपुरमा नयाँ आयाम दिन सफल भएको बताउनुभयो ।

उहाँले स्थानीय विकास र समृद्धिको सूचना सम्प्रेषण गर्न अनन्त सन्देशले ठूला मिडियाले समेत अनुकरण गर्न योग्य काम गर्ने गरेको बताउँदै राज्य स्वयमले अन्याय र अत्याचार गरेको समयमा मिडिया प्रतिपक्षिको भूमिका निर्वाह गर्नु आवश्यक रहेको तर वर्तमान लोकतान्त्रीक पद्धति तथा लोककल्याणकारी मान्यतालाई आत्मसात् गरेको समयमा मिडिया प्रतिपक्षिको भूमिकामा रहुन अनावश्यक रहेको औल्याउनुभयो । उहाँले ठूला मिडियाले विभिन्न प्रकारका भ्रमहरु सृर्जना गरिरहेको समयमा भक्तपुरका अधिकाशं मिडियाले सत्य तथ्यमा आधारित रहेको समेत बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तह भएकाले पार्टीको हितमा भन्दा पनि जनताको हितमा काम गर्ने बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले हालसम्म ३७ वटाभन्दा बढी कानुनहरु निर्माण गरिसकेको बताउँदै विदेश भ्रमणमा जाने भन्दा पनि जनताको सेवा नै आफ्नो मूख्य जिम्मेवारी भएको बताउनुभयो । उहाँले घमण्डले नाश गर्ने बताउँदै सवै जनप्रतिनिधि, राजनीतिक दल तथा जनताहरु एक ढिक्का भई अघि बढे विकास र समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधि, स्थानीय सरोकारवालाले वर्तमान संघियतको कार्यान्वयनका सवालमा भएका तिता मिठा कुराहरु राख्नुभएको थियो । त्यस्तै उक्त पत्रिकाका सम्पादक विमल थापाले संघियताको सवालमा सूर्यविनायक नगरपालिकाको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया