• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

कांग्रेस केन्द्रीय समिति बैठक लम्ब्याउँदै देउवा

प्रकाशित मिति

२०७६ श्रावण ३० गते, बिहीबार ११:५०

काठमाडौँ, गत असार २२ मा सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक बुधवार केही घण्टा बसेर स्थगित भयो । बैठक पुनः आउँदो ११ गतेसम्मका बस्नेछ । एक महिनाभन्दा लामो समयदेखि जारी केन्द्रीय समितिले १४ एजेन्डामध्ये दुईवटामाथि मात्रै निर्णय लिएको छ ।

ती निर्णय पनि पूर्ण बन्न सकेका छैनन् । पार्टीको नियमावली सर्वसम्मत बनाउन समितिलाई निर्देशन दिएको महिनौँ बितिसक्यो । तर अहिलेसम्म टुंगो लाग्न सकेको छैन। अन्तरिम संरचना बनाउने निर्देशिका बैठकले पारित गरे पनि प्रदेश संरचनाबारे अझै अन्यौल छ ।

Kamana Sewa

पार्टीको नियमावली, अन्तरिम संरचनासहित पार्टीको अन्य एजेन्डा बैठकको भए पनि बैठकमा त्यसबारेमा खासै छलफल हुन नसकेको सहभागी नै बताउँछन् । बुधवारको बैठकमा अनुशासन समितिले आफ्नो प्रतिवेदन पेश गरेको र उपनिर्वाचनबारेमा निर्वाचन आयोगमा गएको कांग्रेस प्रतिनिधिले बैठकमा त्यसबारेमा जानकारी गराएका थिए । अन्नपूर्ण पोस्ट दैनिकबाट साभार

Classic Tech Desktop

प्रतिकृया