‘मिस भुटान यूएस २०१९’ को उपाधि कविता अहंकारीले जितिन्
प्रकाशित मिति
२०७६ श्रावण १५ गते, बुधबार ०३:४८
एजेन्सी, ‘मिस भुटान यूएस २०१९’ को उपाधि कविता अहंकारीले जितेकी छन् । अमेरिकामा रहेका नेपाली भाषी भुटानी किशोरीहरूको क्षमता विकासका लागि अमेरिकामा हरेक वर्ष यस्तो आयोजना हुने गर्दछ ।
पेन्सलभेनिया राज्यको पिट्स्बुर्गमा जुलाई २७ र २८ तारिकमा आयोजित उक्त प्रतियोगिताकी विजेता कविता ओहायो सिन्सिनाटककमा बस्दै आएकी छन् । अमेरिका रहेका भुटानी किशोरीहरूप्रति लक्षति उक्त प्रतियोगिताका लागि अडिसनबाट ६ जना युवती छनौट भएका थिए ।

सौन्दर्यभन्दा फनि अतिरिक्त त्रियाकलापमा जोड दिई प्रतिस्पर्धीहरूलाई सबल एवं सक्षम बनाउने उद्देश्य राखिएको उक्त प्रतियोगितामा सहभागी किशोरीहरूलाई व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बोलीचाली, क्याटवाक आदि विषयमा प्रशिक्षणले प्रदान गरिएको थियो । कवितासँगै मिस भुटान युएस २०१९ मा सुस्मिता सुब्बा फस्ट रनर्सअप तथा पुजा क्षेत्री सेकेन्ड रनर्सअप घोषित भएका थिए । उनीहरूले क्रमश २ हजार, १ हजार ५ सय र १ हजार डलर नगदसहित अन्य पुरस्कार पाए । मिस भुटान यूएस –२०१९ को उपाधि जित्ने कवितालाई वर्षको सेलीब्रेटी पनि घोषणा गरिएको छ ।





प्रतिकृया