• ४ साउन २०८३, सोमबार
  • १:१७ बिहान

स्कुल विभाग मलाई दिएपनि हुन्छ : झलनाथ खनाल

प्रकाशित मिति

२०७६ श्रावण १४ गते, मंगलवार ०६:०८

झापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले स्कुल विभागको जिम्मेवारीमा आफु बस्न चाहेको खुलासा गर्नु भएको छ । मंगलबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले घुमाउरो पारामा पार्टीले विचार गरेर जिम्मेवारी दिए आफू स्कुल विभागमा बस्न चाहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘म त प्रधानमन्त्री भएर देश नै चलाएको मान्छे हुँ । स्कुल विभाग मलाई दिएपनि हुन्छ, जिम्मेवारी लिन तयार छु ।’ साथै उहाँले ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ वा कसैलाई दिएपनि कुनै आपत्ति नरहने बताउँदै यस विषयमा थप गृहकार्य गर्ने र आगामी २८ गतेको बैठकले निर्णय गर्ने बताउनु भयो ।

Kamana Sewa

प्रतिकृया