पूर्व उपसचिवको घरमा गोली प्रहार,अनुसन्धानको दायरामा छिमेकी
प्रकाशित मिति
२०७६ श्रावण १४ गते, मंगलवार ०५:४३
काठमाडौं, काठमाडौं कलंकीस्थित पूर्व उपसचिवको घरमा गोली प्रहार भएको छ । कलंकी मन्दिर नजिकै रहेको पूर्वउपसचिव विष्णु अर्यालको घरको दोस्रो तलाको कोठामा झ्यालको सिसा फुटाउँदै गोली भित्र पुगेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले सोमबार राती पौने ९ बजेतिर अर्यालको घरको अध्ययन कोठामा गोली भित्र पुगेको बताउनु भयो।
गोली प्रहार भएको भन्ने जानकारी पाएसँगै पुगेको प्रहरी टोलीले सानो हतियारको जस्तो देखिने गोली समेत बरामद गरेको छ । प्रहरीले त्यसलाई परीक्षणका लागि ल्याबमा पठाएको छ । गोली प्रकरणमा प्रहरीले छिमकीलाई अनुसन्धानको दायरामा ल्याएको छ । पूर्वइञ्जिनियर शुभांकर खनाललाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याइएको हो ।

महाशाखाका एसपी केदार ढकालले एक जनालाई सोधपुछका लागि ल्याइएको बताए । प्रहरीका अनुसार उनको साथबाट दुई थान हतियार र ५० राउण्ड गोली बरामद भएको छ । तर, ती हतियारको लाइसेन्स उनीसँग छ । प्रारम्भिक अनुसन्धानले दूर्घटनावश गोली चलेको हुनसक्ने देखाएको थियो ।





प्रतिकृया