• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

लागूऔषधसहित छ जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार ०४:०४

काठमाडौं, विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ६ जना युवा पक्राउ परेका छन् । पर्सा वीरगंज महानगरपालिका—२८ बगहीबाट अवैध लागूऔषध गाँजा करिब १ सय २० केजी सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका—१७ बस्ने २१ वर्षीय रमेश लामिछाने, पर्सा पटेर्वासुगौली गाउँपालिका—४ बस्ने ४२ वर्षीय प्रेम दास, पर्सा सखुवाप्रसौनी गाउँपालिका—६ बस्ने ३५ वर्षीय राजेश खवास र सर्लाही लालबन्दी नगरपालिका—१७ बस्ने २० वर्षीय डम्मरमणि घिमिरे रहेका छन् ।

Kamana Sewa

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बिआर ०१ डिबी ०००३ नम्बरको कार र ना२४प ८७६४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कारमा उक्त परिमाणको लागूऔषध राखी सर्लाहीतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला हो ।

Classic Tech Desktop


त्यस्तै सर्लाही बागमती नगरपालिका—११ स्थितबाट २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिका—१ बस्ने १९ वर्षीय सुमन रायमाझी र सर्लाही बागमती नगरपालिका—१२ बस्ने २१ वर्षीय संजय तमाङ रहेका छन् ।

उनीहरुलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याबलेट २ सय २५ पिस सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा ज४प७२३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध प्रहरीले फेला पारेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिकृया