• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

काठ दाउरा बिक्रीबाट १२ करोडभन्दा बढी आम्दानी

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार ०२:१८

तनहुँ, तनहुँमा सामुदायिक वन उपभोक्ता समितिले आर्थिक वर्ष २०७५/७६ मा रु १२ करोड एक लाख २७ हजार ८६७ आम्दानी गरेको छ ।जिल्लामा रहेका विभिन्न ६१७ सामुदायिक वनले एक लाख २४ हजार २१८ क्युफिट काठ तथा दाउरा बिक्री गरेर उक्त आम्दानी गरेको हो । सामुदायिक वनबाट बिक्री भएका काठ र दाउराबाट वन पैदावर शुल्कबापत रु दुई करोड नौ लाख ५२ हजार ३५७ राजश्व सङ्कलन भएको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

सामुदायिक वनले ५५ हजार ७४ हेक्टर क्षेत्रफल वन ओगटेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । “सामुदायिक वनले वन पैदावारबाट बिक्री भइआएको आम्दानीले उपभोक्ता समितिले वन विकास र समूहको भौतिक, आर्थिक, सामाजिक विकासका क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था रहेको छ”, उहाँले भन्नुभयो ।

Kamana Sewa

प्रतिकृया