• २ असोज २०८३, शुक्रबार
  • १२ः२५ राती

बिनायक स्कुलका एसईई परिक्षामा उत्कृष्ट बिद्यार्थीलाई १ लाख नगद सहित सम्मान

प्रकाशित मिति

२०७६ असार २८ गते, शनिबार १२:३२

भक्तपुर,     बिनायक शिक्षा निकेतन ईङ्लिस स्कुल मध्यपुर थिमिले २०७५ सालको एसईई परिक्षामा जिल्लामै उत्कृष्ट अंक ल्याउने आफ्ना बिद्यार्थीलाई एक लाख एक सय एक रूपैयाँ नगद सहितले सम्मान गरेको छ । बिद्यालयले असार २७ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरि बिद्यार्थी रोजा श्रेष्ठलाई उक्त राशिको नगद सहितले सम्मान गर्दै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ भक्तपुर जिल्लालाई नै शैक्षिक हवको रूपमा बिकास गर्न सम्बन्धित निकायहरू जिम्मेवार हुनु पर्ने बताउनु भयो । उच्च शिक्षा हासिल गर्न अब काठमाडौ धाउन नपर्ने भन्दै भक्तपुर जिल्लामै उत्कृष्ट कलेजहरू स्थापना भैसकेको बताउनुभयो।

National Life

कार्यक्रममा बिद्यालयको प्राचार्य सुरेन्द्रबिक्रम प्रजापति ले बिद्यार्थीहरूलाई पढाइ बढि रुचि दिलाउन र पढाइमा ध्यानकेन्द्रित गर्न आफुले बिगत केही बर्षअघि नै उत्कृष्ट अंक ल्याउनेलाई एक लाख नगद पुरस्कार दिने घोषणा गरेको बताउनु भयो । प्राचार्य प्रजापतिले एसईई परिक्षामा उतिर्ण बिद्यार्थी हरूले पारिवारिक स्थिति र आफ्नो क्षमता अनुसार बिषय छनौट गरि उच्च शिक्षा हासिल गर्न आग्रह समेत गर्नु भएको थियो ।


कार्यक्रममा बिद्यालयबाट उतिर्ण २७ जना ए प्लस, ४२ जना ए, ५ जना बि प्लस, २ जना बि र १ जना सि प्लस गरि ७७ जना बिद्यार्थीहरूलाई समेत बिशेष सम्मान गरेको सो अवसरमा मध्यपुर थिमि नगरपालिका शिक्षा शाखाका प्रमुख बालकृष्ण गैरे, अभिभावक अभयन्द्र रंजितकार, बिद्यालयका सहप्रधानाध्यापक प्रेम निरौला, विशेष सम्मानित बिद्यार्थी रोजा श्रेष्ठलगायतका बिषयमा शिक्षाको महत्वका बिषयमा बोल्नु भएको थियो । बिद्यालय ब्यवस्थापन समितिका सदस्य कैलाशभक्त प्रधानाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिद्यार्थीहरूले विभिन्न साँस्कृतिक समेत प्रस्तुत गर्नु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया