• ३ असोज २०८३, शनिबार
  • ७ः३९ बेलुका

चाँगुनारायण नगरपालिका द्धारा महिलालाई सिपमूलक तालिम प्रदान

प्रकाशित मिति

२०७६ असार २८ गते, शनिबार १२:४२

भक्तपुर, चाँगुनारायण नगरपालिकाले महिला तथा दलित लक्षित कार्यक्रम अन्तर्गत एक हजार महिलालाई विभिन्न सिपमूलक तालिम दिएको छ । नगरपालिकाले नगर र वडा स्तरिय गरि दुई चरणमा महिलालाई मन्टेश्वरी तालिम, मोटर तथा स्कुटर ड्राइभिङ्ग तालिम, व्युटिसियन तालिम, क्रिष्टलको माला, पोते र चुरा बनाउने तालिम, कुशनको सामान बनाउने तालिम र साबुनको झोल बनाउने तालिम प्रदान गरेको नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले जानकारी दिनसभयो ।

National Life

लक्षित कार्यक्रम अन्र्तगत नगरपालिका मार्फत ६४ जनाले मन्टेश्वरी तालिम, १ सय ६ जनाले मोटर तथा स्कुटर तालिम र १ सय ३ जनाले व्युटिसियन तालिम लिएको उहाले बताउनु भयो । नगरपालिकाले महिलाका लागि ४५ दिनको मन्टेश्वरी, १ महिनाको मोटर ड्राइभिङ्ग तालिम र ३ महिनाको व्युटिसियन तालिम प्रदान गरेको जनाएको छ ।
त्यसैगरि नगरपालिकाले ९ वटै वडाका लागि दलित र महिला लक्षित कार्यक्रमका लागि ८०—८० हजार रुपैयाँ बिनियोजन गरेको थियो ।

सो बजेटबाट वडा स्तरमा कुशनको सामग्री बनाउने तालिम, काष्ठकलाका सामान बनाउने तालिम, झोल सावुन बनाउने तालिम, व्युटिसियन तालिम प्रदान गरिएको उपप्रमुख बास्तोलाले जानकारी दिनुभयो । लक्षित कार्यक्रम अन्र्तगत महिलाको कार्यक्रममा वडा स्तरमा ३ सय ५० जनाले र दलित लक्षित कार्यक्रममा ३ सय ७५ जनाले तालिम प्राप्त गरेको उहाले बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया