• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

बाबुले गरे १४ बर्षीय छोरीको बलात्कार

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ०३:०८

कञ्चनपुर, कञ्चनपुरको पुनर्वास नगरपालिकामा आफ्नै बाबुद्वारा छोरीको बलात्कार भएकी छिन् । ३९ वर्षीय बाबुले आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् । छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले देखेपछि घटना सार्वजनिक भएको हो । मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएको भिडियो कान्छी छोरीले मोबाइलमा देखेपछि आफूलाई बताएको आमाको भनाइ छ ।

छोरीलाई बलात्कार गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ । उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै दुवैको मेडिकल चेकजाँच भइरहेकाले रिपोर्ट आएपछि कारवाहीको प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया